सुमन सहयात्री योङ्हाङ
मङ्सिर २, याङ्वरक डेक्स / कतारमा रहेका प्रवासी नेपालीहरुको साझा संस्थाकोरुपमा स्थापित संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार अन्तरगतको खेलकुद विभागले नेपाली राष्ट्रिय चाडपर्वहरु बलिहाङ तङ्नाम, तिहार, नेपाल संवत् , म्ह:पुजा र छटको अवशरमा मैत्रीपुर्ण खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको छ।
गत १३ निभेम्बरका दिन सलिसाम खेलकुद विभाग द्वारा सम्पन्न उत्त खेलमा दोहा कतारमा रहेका २७ नेपाली फुटबल क्लबहरुको सहभागिता रहेको थियो। सो खेलमा CFC BLUE फाइनल बिजेता भएको छ भने, LIMBUWAN FC उपबिजेता भएको छ ।

बर्वा बराह को खेल मैदानमा सम्पन्न सो खेलमा ट्रफी, नगत पुरस्कार, उत्कृष्ट खेलाडि, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलर, अनुशाशीत टिम, उत्कृष्ट रेफ्री, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्ड प्लेयर र म्यान अफ दी म्याच जस्ता सम्मानहरु द्वारा खेलाडिहरु लाई पुरस्कृत गरिएको थियो । सो अनुरुप CFC BLUE का क्याप्टेन अर्जुन लिम्बू उत्कृष्ट खेलाडी घोषित भए । यसै गरि LIMBUWAN FC का गोल रक्षक अनिल तामाङ उत्कृष्ट गोल रक्षक बनेका थिए भने LIMBUWAN FC का खेलाडी दिल्ली पराहाङ हाइ स्कोर, CFC RED का खेलाडी पुर्ण दनुवार उत्कृष्ट डिफेन्डर, LIMBUWAN FC का सगुन गुरुङ उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट रेफ्री प्रबिन राई र Trags Youth FC ले सबै भब्दा अनुशाशित टिमको उपाधी पाएका छन् ।
यसैगरी क्वाटर फाइनले देखि लागू हुने गरि म्यान अफ दि म्याचमा Gurkha FC का रजन तामाङ, UPC FC का विक्की बन्जरा, CFC RED का राज राई, UNITED FC का लाविन माझी र CFC BLUE का सुमन लिम्बु,Miteri FC का आलम सन्सारी र Trags FC का प्रकास गुरुङ लगायतले म्याच म्यान अफ दी म्याचको उपाधी हात पार्न सफल भएका थिए। फाइनल खेल मा दुबै टिम को परिणाम शून्य भई बरोबर अवस्थामा टुङ्गिएकोले ट्राई ब्रेकर द्वारा CFC RED पहिलो र LIMBUWAN FC उपबिजेता भएका हुन।।
विभाग प्रमुख खगेन्द्र नेम्बाङको अध्यक्षतामा सम्पन्न खेलमा केन्द्रिय समितिको तर्फबाट वरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेक, प्रमुख सल्लाहकार देवि थेगुवा, उपमहासचिव सुजन पराहाङ, अर्थसचिव कुमार सिं योङ्हाङ, केन्द्रिय सचिवालय सदस्य मौसम लिङ्दम, अमिर लावती, अमृत कुरुम्बाङ, योगेश नेम्बाङ, डिकलाल लिङ्दम र तुलसी मिभक उपस्थिति रहेका खेलको समुद्धाटन समारोह Nepali Foot Ball Team (NFT) का सल्लाहकार सदस्य श्याम भुसाल द्वारा गरिएको थियो।
Discussion about this post