मङ्सिर २, याङ्वरकफोकस / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने तिन सय ५० जना सुरक्षाकर्मी आवासगृह उपलब्ध गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज आवासगृहको उद्घाटन गरेका थिए ।
विमानस्थलमा निर्माण भएको सुरक्षा आवासगृह भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सुरक्षाकर्मीहरु को लागि छुट्टै सुरक्षा युनिटको आवश्यकता रहेको बताएका छन् । नेपालमा विमानस्थलको संख्या बढ्दै गएपछि र उडान संख्या पनि बढ्ने भएकोले देशभरका विभिन्न विमानस्थलको सुरक्षा संवेदनशिलतालाई हेरेर सुरक्षा युनिट स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्त्री भट्टराईले बताए ।
विमानस्थल परिसर भित्र कार्गो भवन नजिकै सुरक्षाकर्मीहरु लाई राख्ने संरचना बनेको हो ।
यसअघि विमानस्थलमा अस्थायी संरचना बनाएर सुरक्षाकर्मीलाई राखिएको थियो ।
विमानस्थलको सुरक्षामा खटिने सुरक्षाकर्मीले विमानस्थलभित्रै स्तरीय आवास सुविधा पाउने भएका छन् ।
Discussion about this post