मङ्सिर ३, याङ्वरकफोकस / तनहुँको व्यास नगरपालिका-५ मा माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु भएको छ । पोखरा बाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नम्बरको माइक्रोबस आज बिहान साढे पाँच बजेतिर भिरबाट खसेको थियोे । १६ जना यात्रु बोकेको माइक्रोबस खस्दा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका-३२ की २९ वर्षीया सुनीता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताएका छन् ।
तिमिल्सिनाका अनुसार घाइते ९ जनामध्ये गुरुङको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो । सात जनालाई सामान्य उपचारपछि घर पठाइएको र एक जनालाई पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
पोखराबाट आएको माइक्रोबस मानहुँकोट उकालोमा दुर्घटनाग्रस्त भएको हो । उकालोमा तान्न नसकेपछि केही यात्रु झरेर गाडी धकेल्न खोज्दा बस ब्याग गएर भिरबाट खसेको तिमिल्सिनाले जानकारी दिए ।
Discussion about this post