मङ्सिर ४, याङ्वरकफोकस / खशान राष्ट्रिय संघर्ष समितिले पहिचानको आधारमा खशान प्रान्त सहित १०+१ प्रान्त माग गरि विरोध सभा गर्ने भएको छ ।
समितिले बुधबार एक सूचना सार्वजनिक गर्दै आउँदो मंसिर ७ गते माइतीघर मण्डलामा विरोधसभा गर्ने जानकारी दिएको छ ।
सूचनामा खशानहरुलाई आदिवासीमा सुचिकृत गर्नुपर्ने, खशआर्य समानुपातिक क्लष्टरलाई अलग अलग गर्नुपर्ने, खश समुदायको मष्टो सांस्कृतिक चाडमा सार्वजनिक बिदा दिनुपर्ने मागहरु उल्लेख गरिएको छ ।

Discussion about this post