मङ्सिर ५, याङ्वरकफोकस / लामो दुरिमा चल्ने यात्रुवाहक सार्वजनिक यातायातहरु मा अनलाइन मोनिटरिङ सिस्टम नियमन प्रणाली शुरु भएको छ ।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको अनुगमन गर्न अनलाइन मोनिटरिङ सिस्टम लागू गरेको हो । विभागले लामो दूरीका सवारीसाधनमा लागू हुने गरी अनलाइन टिकट मोनिटरिङ सिस्टम सुरु गरेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले बिहीबार मन्त्रालयमा उक्त सिस्टमको उद्घाटन गर्दै यातायात क्षेत्रलाई व्यवस्थित गर्न उक्त प्रणालीले ठूलो सहयोग गर्ने जानकारी दिएका थिए । सार्वजनिक यातायातलाई आधुनिक प्रविधिमैत्री बनाएर अघि बढ्नुपर्ने र यस क्षेत्रलाई पारदर्शी, सुरक्षित साथै वातावरणमैत्री बनाउनु आवश्यक छ रहेको मन्त्री नेम्बाङले बताए । अनलाइन मोनिटरिङले यातायात व्यवसायलाई पारदर्शी बनाउने उनको भनाइ छ । ‘यसले कुनै घोटाला हुन दिने छैन,’ मन्त्री नेम्बाङले भने, ‘कुन गाडी कहाँ आयो, कहाँ जाँदै छ, सबै थाहा हुनेछ ।’ सिस्टमले सार्वजनिक सवारी चलाउने व्यवसायीलाई निर्धक्क बनाउने, त्यसमा कार्यरत कर्मचारीलाई ढुक्क बनाउने र यात्रुलाई भरपर्दो र सुरक्षित बनाउने नेम्वाङले बताएका थिए ।
Discussion about this post