मङ्सिर ६, याङ्वरकफोकस / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे आफ्नै कार्यकर्ताबाट लखेटिएका छन् । चितवन क्षेत्र-१ बाट नेकपाका प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्ताले लखेटेका हुन् ।
गृहजिल्ला चितवनको विरेन्द्रनगरमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको एक कार्यक्रममा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिएको थियो । आज भएको उक्त कार्यक्रममा विकास निर्माणको बारेमा उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै कार्यकर्ताले पाण्डेलाई लखेटेका थिए ।
आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलि विरुद्ध अनावश्यक आरोपहरु लगाएको र बेइजत मात्र नगरी जनतालाई भ्रमको खेती गरेको भनि कार्यकर्ताले आरोप लगाएका छन् । आफ्नो क्षेत्रमा विकासको नेतृत्वसमेत गर्न नसक्ने र पार्टीभित्रै गुट तथा उपगुटको नेतृत्व गरी पार्टीलाई विभाजनको अवस्थामा पुर्याउन पाण्डेले भूमिका खेलेको भन्दै लखेट्ने एक कार्यकर्ताले बताए ।
Discussion about this post