मङ्सिर ६, याङ्वरकफोकस / निर्देशक भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशनमा नवराज कोयिको “ढुङ्गा यो मन” बोलको म्युजिक सार्वजनिक भएको छ । उक्त गीत शुक्रबार थैली इन्टरटेमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीतकार नवराज कोयीको शब्दमा गायिका मेलिना राई र दिलिप कोयिले आवाज भरेका छन् । यस गीतमा सन्देश रुचलले एरेन्ज र गायक कोयीकै कम्पोज रहेको छ ।
भिडियोमा मोडल सुजता थुलुङ, दिलिप कोयी, विष्णु मोक्तान र निश्चल राईको उत्कृष्ट अभिनय देख्न सकिन्छ । निर्देशक तुम्बाहाङ्फे आफैले छायांकन गरेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् ।
“ढुङ्गा यो मन” भिडियोमा
पछिल्लो समय पुर्व बाट राम्रो नेपाली म्युजिक भिडियोहरु निमार्ण भइरहेको छ । यहीँ बिचमा आफुलाई सक्षम निर्देशकको भुमिका निर्वाह गरेका छन् भुपेन्द्र तुम्बाहाङ्फेले । नेपाली गीत संगीतलाई माया गर्ने दर्शक श्रोताहरु माझ धेरै राम्रो राम्रो नेपाली म्युजिक भिडियोहरु तुम्बाहाङ्फे बजार ल्याएका छन् ।
Discussion about this post