मंसिर ०८, डेस्क । झापाको कमल गाउँपालिका-६ का ४७ बर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आईतवार अपरान्ह साँढे ५ बजे श्रीमती ३९ बर्षीया टिका देवी पौडेल र दमक-२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाईरहेका बेला भण्डारीले एक्कासी आवेशमा आई दुबै जनालाई खुकुरी प्रहार गर्दा टिका देवीको घटनास्थलमा नै मृत्यु भएको थियो ।
खुकुरी प्रहारबाट घाईते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भईरहेको तथा खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
Discussion about this post