मङ्सिर ८, याङ्वरकफोकस / ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप स्थित घुन्सामा प्रधानमन्त्री केपि शर्मा ओलिद्वारा सामुदायिक स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री ओलिले आज घुन्सा फाउन्डेसनद्वारा स्थापित स्वास्थ चौकी भवनको उद्घाटन गरेका हुन् ।
उक्त भवन उद्घाटन कार्यक्रम प्रधानमन्त्री ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई लगायत सदरमुकाम फुङलिङबाट पूर्व सांसद, प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका प्रमुख, उपप्रमुख, पार्टी कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको भनी घुन्सा फाउन्डेसनका अध्यक्ष याङजुम शेर्पाले बताएका छन् ।
प्रधानमन्त्री ओली काठमाडौंदेखी नेपाली सेनाको हेलिकप्टरबाट सिधै घुन्सा पुगेका थिए ।
Discussion about this post