मंसिर ०८, डेस्क । झापाको बिर्तामोडमा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ । आईतवार साँझ सवा ६ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री तेह्रथुम आठराई-६ का २५ बर्षीय केवल खवासलाई ठक्कर दिंदा खवास घाईते भएका थिए ।
घाईते खवासलाई उपचारको बिएण्डसी अस्पतालमा उपचारको क्रममा ज्यान गएको तथा बोलेरो र चालकलाई नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
Discussion about this post