मङ्सिर ९, याङ्वरकफोकस / भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणका लागि आउने भएका छन् । श्रृंगलाले विदेश सचिवको कार्यभार सम्हालिसके पछिको पहिलो भ्रमणमा नेपाल बिहीबार आउने भएका हुन् ।
यो भ्रमणले भारत र नेपालसँगको सम्बन्धलाई प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरतालाई प्रष्ट्याउने भन्दै काठमाण्डौ स्थित भारतिय दु्तावासले सोमबार जारी गरेको विज्ञप्तीमा जनाईएको छ । विज्ञप्तीको अनुसार श्रृंगलाले विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्नेछन् ।
भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ बलियो बढाउन यो भ्रमण महत्वपूर्ण रहने भनी दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Discussion about this post