मङ्सिर ९, याङ्वरफोकस / बेलायती सञ्चारमाध्यम ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वको प्रभावशाली र प्रेरणादायी १०० जना महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् ।
बीबीसीले मंगलबार प्रकाशन गरेको सन् २०२० को १०० प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचिमा म्यादीकी १८ वर्षीया सपना रोका मगर पनि परेकी हुन् ।
कर्मबुबा मानेकी विजयजंग बस्नेत सँग मिलेर सपनाले शज व्यवस्थापन गर्ने काम गरिरहेकी छिन् ।
बिबिसीले प्रकाशित गरेको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह, कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्ट, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, बेलायती वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङ फाङलगायतका विभिन्न क्षेत्रमा सक्रिय महिलाहरु रहेका छन् ।
बीबीसीले सन् २०१३ देखि प्रभावशाली र प्रेरणादायी महिलाको सूची प्रकाशित गर्दै आएको छ.
Discussion about this post