मङ्सिर ११, याङ्वरकफोकस / स्पेनिस क्लब रियल म्याड्रिडद्वारा इटालियन क्लब इन्टर मिलान पराजित भएको छ । रियलद्वारा मिलान २-० ले पराजित भएको थियो ।
गएराति भएको युइएफए च्याम्पियन्स लिग अन्तर्गत खेलमा रियल म्याड्रिडको जितमा इडेन हजार्डले एक गोल गरेका थिए भने एक गोल मिलानका अच्राफ हाकिमीले आत्मघाती गोल गरेका थिए ।
खेलको सातौँ मिनेटमा हाजार्डले पेनाल्टी मार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५९ औँ मिनेटमा इन्टर मिलानका आचरफ हाकिमीले आत्मघाती गोल गरेपछि रियल मड्रिड २-० को गोल अन्तरले विजयी भएको हो ।
खेलको ३३ औं मिनेटमा इन्टरका अर्टुरो भिडालले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा सिमित भएको थियो ।
रियल म्याड्रिडको च्याम्पियन्स लिग अन्तर्गत ४ खेलमा ७ अंक भएको छ र समुह बि को दोस्रो स्थानमा रहेको छ । त्यस्तै मिलानको भने ४ खेलमा मात्र २ अंक रहेको छ ।
Discussion about this post