मङ्सिर ११, याङ्वरफोकस / नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं महाधिवेशन आजदेखि सुरु भएको छ । ५४ औं साधारण सभा (नेतृत्व चयन समेतको महाधिवेसन) मा ६४ पदको लागि १२३ जनाले उम्मेदवारी दिएका छन् । साधारण सभा आजदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।
साधारण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा चयन हुने भएको छ भने १ वरिष्ठ उपाक्ष्यक्ष, १ एसोसिएट उपाध्यक्ष, १ बस्तुगत उपाध्यक्ष, १ जिल्ला नगर उपाध्यक्ष र ६० जना कार्यकारिणी सदस्य गरी ६४ जना निर्वाचित हुनेछन् ।
वाणिज्य महासंघको निर्वाचनका लागि प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुने भएको निर्वाचन समितिले जनाएको छ । जिल्ला र नगर, एसोसिएट र वस्तुगत तर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने छन् ।
उमेदवारको नाम र मनोनयनकर्ता संघ / संस्थाको नाम
जिल्ला नगरतर्फ
वस्तुगततर्फ
एसोसिएट तर्फ
Discussion about this post