मङ्सिर ११, याङ्वरकफोकस / नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीहरु मा कोरोना संक्रमण भएको छ । टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र खेलाडी रोहित कुमार पौडेललाई पोजेटिभ देखिएको हो ।
क्यानले बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु को कोरोना परिक्षण मंगलबार गरेको थियो । स्व़ाब संकलन पछिको परिक्षणमा रिपोर्ट पोजेटिभ देखिएको भनी क्यानले बताएको छ ।
नेपाल क्रिकेट संघले मंगलबार संकलन गरिएको स्व़ाब परिक्षणबाट कप्तान मल्ल, उपकप्तान ऐरी र खेलाडी पौडेल साथै चालक प्रदीप लामालाई पनि कोरोना पोजेटिभ देखिएको भनी क्यानले जानकारी दिएको छ ।
तीन खेलाडीमा कोरोना संक्रमण देखिएपछि बिक्रम सोब, अनिल शाह, कुशल भुर्तेल, रीत गौतम र लोकेश बमलाई बन्द प्रशिक्षणमा थप गरिएको क्यानले जनाएको छ ।
Discussion about this post