मङ्सिर ११, याङ्वरकफोकस / सुडानका पूर्वप्रधानमन्त्री सादिक अल महदीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । महदिको ८४ वर्षको उमेरमा कोरोनाका कारण बिहीबार बिहान मृत्यु भएको भनी अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

नेशनल उम्मा पार्टीका अध्यक्षसमेत रहेका महदि कोरोना संक्रमण भई तीन हप्तादेखि युएईको एक अस्पतालमा भर्ना भएका थिए । महदी सन् १९६६ / ६७ तथा सन् १९८६ देखि १९८९ सम्म सुडानका प्रधानमन्त्री हुन् ।
Discussion about this post