मङ्सिर १२, याङ्वरकफोकस / नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाललाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । आज एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेअर्सले आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।
श्रींगलाले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्न भारत अग्रसर रहेको र खोपहरु अहिले प्रशिक्षणमा रहेको बताउदै कोरोना भाइरस विरुद्धको खोप बनेपछि नेपालको आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।
खोपहरु सबै उमेर समूहका लागि बन्ने साथै यो कोरोना महामारीबाट नेपाल भारत सँगै मुक्त हुने भारतीय विदेश सचिव श्रींगलाले बताएका थिए ।
Discussion about this post