मङ्सिर १२, याङ्वरकफोकस / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय तामाङ्सालिन मञ्च र संघीय दलित शिल्पी मञ्चको संयुक्त आयोजनामा बारामा राजनैतिक भेटघाट साथै मञ्च प्रवेश कार्यक्रम हुने भएको छ ।
मञ्चले शुक्रबार एक सुचना सार्वजनिक गर्दै यहि मङ्सिर १५ गते सिमरा उपमहानगरपालिक-१५ स्थित डाँडाटोल गुम्बामा जिल्ला स्तरीय राजनैतिक भेटघाट र मञ्च प्रवेश कार्यक्रम हुने जानकारी दिएको छ ।
उक्त कार्यक्रममा मञ्चका अध्यक्ष कुमार लिङ्देन “मिराक”को प्रमुख आतिथ्यता रहने भनी संघीय तामाङ्सालिन मञ्च, प्रदेश-२ कार्यसमितिका अध्यक्ष रुपेश तामाङले उल्लेख गरेका छन् ।
Discussion about this post