मङ्सिर १३, याङ्वरकफोकस / निर्देशक, कलाकार किरण चाम्लिङ राईको निर्देशनमा रहेको “एसो हेरे पुर्व तिर” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । निर्देशक राईले एक पछि अर्को गर्दै नेपाली गीत संगीतको बजारमा थुप्रै चर्चित म्युजिक भिडियोहरु ल्याईसकेका छन् ।
Kendra Motion Pictures युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको उक्त गीतमा शशी गुरुङ (बाङ्देल)को शब्द तथा कम्पोज रहेको छ । राजु कार्कीको एरेन्जमा बनेको गीतलाई गायक पदम राईले स्वर दिएका छन् ।
भिडियोमा नायक दयाहाङ राई र मोडल एलिसा राईलाई प्रेमी जोडीको रुपमा देख्न सकिन्छ । ज्ञानेन्द्र शेर्माले छायांकन गरेको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । दिनेश माङ्मु लिम्बुको कोरियोग्राफर रहेको छ ।
“एसो हेरे पुर्व तिर” भिडियोमा
Discussion about this post