मङ्सिर १३, याङ्वरकफोकस / गायक सुमन ‘सानु’ कुरुङ्बाङ्को “अन्दङ फूङ” लिम्बु भाषिक पालामको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हाङ अनलाइन टिभी युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको उक्त गीतमा निरन्ता नेम्बाङको शब्द रहेको छ । संगीत आङ्खेवा लिम्बुको संगीतमा बनेको गीतलाई गायक सुमन कुरुङ्बाङ् र गायिका निरन्ता नेम्वाङले स्वर दिएका छन् ।
भिडियोमा मोडल समीर माबो र कौशिला चोङ्बाङ्को उत्कृष्ट अभिनय देख्न सकिन्छ । सुमन तामाङले छायांकन गरेको म्युजिक भिडियोलाई रन बिर लिम्बुले निर्देशन गरेका हुन् । नवीन निरौलाको सम्पादन रहेको छ ।
पालाम “अन्दङ फूङ” भिडियोमा
Discussion about this post