मङ्सिर १३, याङ्वरकफोकस / नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । लामिछानेले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको भनी लेखेका छन् ।
सन्दीपले कोरोनाको लक्षण देखिएपछि बुधबार स्वाव परिक्षण दिएको र शुक्रबार रिपोर्ट पोजेटिभ आएको भनी बताएका छन् ।
उनि अहिले सेल्फे आइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको साथै चाँडै कोरोना मुक्त भइ मैदान फर्किने विश्वास व्यक्त गरेका छन् ।
Discussion about this post