मङ्सिर १५, याङ्वरकफोकस / नाइजेरियामा एक हमलामा हुँदा खेतमा काम गरिरहेका ४३ जनाको घाँटी रेटि हत्या गरिएको छ । समाचार एजेनसीका अनुसार शनिबार हमलाकर्ताले धानको खेतमा काम गरिरहेका मजदुरहरु लाई बाँधेर उनीहरुको घाँटी रेटि हत्या गरिएको हो ।
समाचार एजेन्सी एएफपीको अनुसार अहिलेसम्म ४३ जनाको शव भेटिएको र केही मजदुरहरु सम्पर्कमा आएको छैनन् । सबैको रेटेर हत्या गरिएको र ६ जनाको शवमा गम्भीर चोट छ समेत देखिएको छ ।
यस हत्याको अहिलेसम्म कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन । पछिल्ला केही महिनामा भएको हमलामध्ये सबैभन्दा विभत्स हमला भएको भनी बताइएको छ ।
Discussion about this post