काठमाण्डाैै, मंसिर १६, नेकपा सचिवालयको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ ।
पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको हो ।
पौडेलको आज ६२औं जन्मदिन परेको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पौडेललाई केक खुवाएका थिए ।केक काटेर खुवाई सकेपछि अहिले बालुवाटारमा सचिबालयकाे बैठक चरिरहेकाे छ।
Discussion about this post