मङ्सिर १७, याङ्वरकफोक / पूर्वी नाका काँकडभिट्टामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि राखिएको होल्डिङ सेन्टर व्यवसायी संघ र ट्राभल्स संघ झापाको विरोधपछि हटाइएको छ । मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टामा जिल्ला प्रशासन कार्यालय झापाले माविको खेल मैदानमा राखिएको होल्डिङ सेन्टर विरोध पश्चात् मंगलबार हटाइएको हो ।
भारतबाट आउने नागरिकलाई लक्ष्य गरी राखिएको होल्डिङ सेन्टर हटाउनुपर्ने र नाका खोल्न माग राख्दै होटेल व्यवसायी संघ मेचीनगर र ट्राभल्स संघ झापाले
सीमा नाकामा विरोध प्रदर्शन गरेका थिए ।
माविको खेल मैदानमा होल्डिङ सेन्टर राखिएको कारण पठनपाठनमा समेत असुविधा हुने जनगुनासो बढेपछि र विरोध प्रदर्शन भएको बढेपछि होल्डिङ सेन्टर हटाएको भनी इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिएका छन् ।
प्रशासनले होल्डिङ सेन्टर हटाएर मेची भन्सार कार्यालयको गेटमै हेल्थ डेस्क व्यवस्था गरेको छ । सोही डेस्क बाट प्रशासनको सहकार्यमा प्रारम्भिक स्वास्थ्य चेकजाँच गरि आवातजावत गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि पिसिआर रिपोर्ट र स्थानीय तहको सिफारिस अनिवार्य चाहिन्थो ।
Discussion about this post