मङ्सिर १७, याङ्वरकफोकस / गायक, संगीतकार, गीतकार संगीत आङ्खेवा लिम्बुको निर्देशनमा लिम्बु भाषिक “च्याङ धुम च्याङ” नामक गीत सार्वजनिक भएको छ । निर्देशक आङ्खेवाको स्वर, शब्द, संगीतमा दर्जनौं नेपाली साथै लिम्बु भाषिक गीतहरु सार्वजनिक भईसकेका छन् ।
युमा आर्ट युट्युब च्यानल बाट मंगलबार सार्वजनिक भएको उक्त गीतमा अग्नि लावतीको शब्द रचनामा निर्देशक आङ्खेवाले संगीत भरेका छन् । टेकेन्द्र याक्सोको एरेन्जमा बनेको गीतलाई गायक अग्नि लावती र सुनिता थेगिमले स्वर दिएका छन् ।
भिडियोमा गायक अग्नि लावती, रेनसा आङ्खेवा, सुस्मिता आङ्खेवा, देबेन्द्र लावती र विष्णु आङ्खेवाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । सुमन तामाङले छायांकन गरेको म्युजिक भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।
“च्याङ धुम च्याङ” भिडियोमा
Discussion about this post