पाँचथर, १७ मंसिर/ पाँचथरको जोरसालमा मंगलवार राती पौने ८ बजे पिकअप दुर्घटना हुदा एक जनाकाे ज्यान गएकाे छ।
बा १९ च ५७३६ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअपमा सवार रहेका फिदिम नगरपालिका-१ का २० बर्षीय अर्जुन शंकरको ज्यान गएकाे हाे । फिदिमबाट जोरसाल तर्फ जाँदै गरेको पिकअप अचानक अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका शंकरको उपचारको क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
Discussion about this post