मङ्सिर १७, याङ्वरकफोकस / नेपाल क्रिकेट संघ (क्यान) को दुई नयाँ समिति गठन गरिएको छ । गत मंसिर १५ गते बसेको कार्यसम्पादन समितिको बैठकले क्रिकेट समिति र छनोट समिति गठन गरेको हो ।
क्यानले बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै
क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति र राष्ट्रिय टिमका पहिलो कप्तान उत्तम कर्माचार्य संयोजकत्वमा छनोट समिति गठन गरिएको भनी जनाएको छ ।
विज्ञप्तिका अनुसार क्रिकेट समिति र छनोट समितिका अन्य सदस्यहरु क्यानको आगामी बैठकबाट थप गरिने बताइएको छ ।
क्यानको कार्यसम्पादन समितिमा अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह र केन्द्रीय सदस्य अमितविर पाण्डे रहेका छन् । क्यानले रोशन कुमार सिंहको संयोजकत्वमा फाइनान्सियल कमिटी, प्रशान्त विक्रम मल्लको सयोजकत्वमा टुर्नामेन्ट कमिटी, संजयराज सिंहको संयोजकत्वमा टेक्निकल कमिटी र सचिव अशोकनाथ प्याकुरेलको संयोजकत्वमा मिडिया कमिटी गठन गरिसकेको छ ।
Discussion about this post