मङ्सिर १७, याङ्वरकफोकस / एनएमबि बैंकले पुनः तेस्रो पटक “बैंक अफ द इयर” अवार्ड प्राप्त भएको छ । “द बैंकर म्यागजिन”ले एनएमबि बैंकलाई सन् २०२० को उत्कृष्ट नेपाली बैंकको अवार्ड दिइएको हो ।
‘तेस्रोपटक पुनः उपाधि पाउँदा हामी असाध्यै खुशी भएका छौँ’ भन्दै बैंकले बुधबार एक विज्ञप्तिमा जारी गरेको छ । विज्ञप्तिमा ‘हाम्रो कडा परिश्रम र समर्पणको प्रमाण हो र हाम्रा ग्राहक, बैंकको सञ्चालक समिति र सरोकारवाला सबैको यस अवार्ड प्राप्त गर्नुमा अमुल्य सहयोग रहेको’ समेत बताइएको छ ।
एनएमबी बैंकले सन् २०१७ र २०१८ मा लगातार दुई पटक यस अवार्ड जितेको थियो ।
द बैंकर म्यागजिनले यस बर्ष १४० देशका बैंकहरु लाई अवार्ड दिइएको छ ।
Discussion about this post