मङ्सिर १८, याङ्वरकफोकस / प्रदेश-१ को पछिल्लो २४ घण्टामा थप २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित देखिएको भने २१२२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार
पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ५ जना, उदयपुरमा ४ जना, खोटाङमा १ जना, झापामा ६७ जना, ताप्लेजुङमा १ जना, धनकुटामा २ जना, पाँचथरमा १ जना, भोजपुरमा २ जना, मोरङमा १ सय २८ जना, संखुवासभामा १५ जना र सुनसरीमा ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
Discussion about this post