मङ्सिर १९, याङ्वरकफोकस / प्रदेश-१ को पछिल्लो २४ घण्टामा आज ६७२ जनाको पीसीआर परीक्षण गर्दा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा पछिल्लो २४ घण्टामा १२७२ जनामा कोरोना संक्रमण देखिएको र १५७५ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा ८ जना, उदयपुरमा ३ जना, ओखलढुंगामा १ जना, खोटाङमा १ जना, झापामा ३० जना, ताप्लेजुङमा १ जना, तेह्रथुममा १ जना, धनकुटामा २ जना, मोरङमा ६१ जना, संखुवासभामा ३ जना र सुनसरीमा ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
Discussion about this post