Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

सत्तारुढ दल नेकपाका दुई अध्यक्ष आ-आफ्नो अडानमा

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२० मंसिर २०७७, शनिबार ०७:४७
मुख्य खबर, राजनीति
सत्तारुढ दल नेकपाका दुई अध्यक्ष आ-आफ्नो अडानमा

मङ्सिर २०, याङ्वरकफोकस / सत्तारूढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालका आ-आफ्नो अडानका कारण आरोप–प्रत्यारोपको दस्ताबेज सचिवालयमै टुंगो लगाएर स्थायी कमिटी बैठकमा जाने प्रयास असफल भएको छ ।

प्रधानमन्त्री ओलीको अनुपस्थितिका कारण गत १७ गते स्थगित भएको सचिवालय बैठक शनिबारका लागि निर्धारण गरिएको छ । ओली पक्षधरले बैठक केही समय रोकेर अध्यक्षद्वयकै बीचमा थप संवाद गर्नुपर्ने मत राखिरहेकाले शनिबारको बैठक बस्ने/नबस्ने निश्चित छैन । यद्यपि अर्का अध्यक्ष पुष्पकमल दाहाल भने सचिवालयमा छलफलका लागि आएका सबै दस्ताबेजलाई स्थायी कमिटीमा लगेर टुंगो लगाउनुपर्ने पक्षमा छन् ।

उनले शुक्रबार आफूलाई भेट्न आएका नेताहरूलाई पनि यही जानकारी गराएका छन् । अध्यक्ष दाहाललाई भेट्न पुगेका सचिवालय सदस्य ईश्वर पोखरेलले बैठक केही दिन रोकेर साझा प्रस्तावका लागि छलफल अघि बढाउन सुझाव दिएका थिए तर दाहालले प्रस्तावहरूका विषय कमिटीले नै टुंगो लगाउने आफ्नो पूर्ववर्ती अडान यथावत् रहेको बताएका थिए । दुवै पक्षको अडान यथावत् हुँदा नेकपाको विवाद साम्य हुँदै जान्छ या झन् चर्किन्छ भन्नेमा नेतृत्व पंक्ति नै अलमलमा छ ।

वरिष्ठ नेता झलनाथ खनालले नेताहरूका बीचमा थप संवाद नभएकाले सहमतिको सम्भावना नरहेको बताए । उनले केही स्थायी कमिटी सदस्यहरूबाट साझा प्रस्ताव बनाउन सुझाव आएको भए पनि त्यो सम्भावना टर्दै गएको बताए । दुई पक्षबीच संवाद गर्न र सहमतिको मिलनबिन्दु खोज्न भन्दै तीन दिन बैठक स्थगित हुँदा दुवै पक्ष आआफ्नै गुट केन्द्रित छलफलमा व्यस्त भए ।

यसबीचमा बिहीबार दाहाललाई भेट्न पुगेका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, सचिवालय सदस्य ईश्वर पोखरेल र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संवादका लागि अझै केही दिन समय लिएर मात्रै बैठक गर्न गरेको आग्रह दाहालले अस्वीकार गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भने शुक्रबार दिनभर उनीनिकट नेताहरूको छलफल चलेको थियो । छलफलमा शनिबार अन्तिम समयसम्म पनि बैठक रोक्न प्रयास गर्ने विषयमा कुराकानी भएको ओलीनिकट एक नेताले बताए । रासस

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२० मंसिर २०७७, शनिबार ०७:४७
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२० मंसिर २०७७, शनिबार ०७:४७
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२० मंसिर २०७७, शनिबार ०७:४७
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२० मंसिर २०७७, शनिबार ०७:४७
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२० मंसिर २०७७, शनिबार ०७:४७
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

२० मंसिर २०७७, शनिबार ०७:४७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.