मङ्सिर २०, याङ्वरकफोकस / प्रदेश-१ को पछिल्लो २४ घण्टामा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा ६ जना, उदयपुरमा १ जना, ओखलढुंगामा १ जना, झापामा ३९ जना, ताप्लेजुङमा २ जना, खोटाङमा १ जना, सुनसरीमा २८ जना, सोलुखुम्बुमा ४ जना र मोरङमा ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा १०२४ जनामा कोरोना संक्रमण देखिएको र २२०६ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । आज थप १० जना कोरोना संक्रमितको मृत्यु भएको भनी मन्त्रालयले जनाएको छ ।
Discussion about this post