मंसिर-२२, डेस्क । पाँचथरको हिलिहाङमा एक बालक मृत फेला परेका छन् । हिलिहाङ-६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा कार्तिकेभिरको ओढारमा मृत फेला परेका हुन् ।
आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गते देखि अचानक हराईरहेका बालकको खोजतलास भईरहेकोमा आईतवार बिहान सवा १२ बजे उक्त ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाईएको तथा छ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post