मङ्सिर २२, याङ्वरकफोकस / प्रदेश-१ को पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा १० जना, ओखलढुंगामा २ जना, झापामा २२ जना, ताप्लेजुङमा ३ जना, सुनसरीमा ११ जना, मोरङमा २०जना, सङ्खुवासभा ६ जना, तेह्रथुममा १ जना र पाँचथरमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना संक्रमण देखिएको र १६२८ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । आज थप २० जना कोरोना संक्रमितको मृत्यु भएको भनी मन्त्रालयले जनाएको छ ।
Discussion about this post