मङ्सिर २२, याङ्वरकफोकस / विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक गर्ने जनाइएको छ । चिनियाँ पक्षसँग समन्वय गरेर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने मिती तय गरिएको भनी नापी विभागका महानिर्देशक प्रकाश जोशीले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन् ।
मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्कको बैठकले अनुमोदन गरेको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको भनी विभागका महानिर्देशक जोशीले बताएका छन् ।
नेपाल सरकारले नेपाल र चिनको सिमानामा रहेको सगरमाथाको नयाँ उचाइका बारेमा ‘ऐतिहासिक साझेदारी’ भएको विभागले बताएको छ ।
Discussion about this post