मङ्सिर २२, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप १८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा ६ जना, ओखलढुंगामा २ जना, झापामा २५ जना, धनकुटामा १ जना, सुनसरीमा ७५ जना, मोरङमा ५५ जना, सोलुखुम्बुमा ३ जना, सङ्खुवासभा ९ जना, उदयपुरमा २ जना र पाँचथरमा ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा १३८२ जनामा कोरोना संक्रमण देखिएको र १६२१ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । आज थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको भनी मन्त्रालयले जनाएको छ ।
Discussion about this post