मङ्सिर २३, याङ्वरक्फोकस / भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै सबैभन्दा अग्लो त्रिशुल बनाउने घोषणा गरिएको छ । महाँकाल त्रिुशलडाँडा उपभोक्ता विकास संंस्थाले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विश्वकै सबैभन्दा अग्लो त्रिशूल बनाउने घोषणा गरेको हो ।
उक्त त्रिशुल १०० फिट अग्लो रहने र निर्माण लागत ४ करोड ४२ लाख ११ हजार ९१३ रुपैयाँँ सम्म रहने आयोजकले जनाएको छ ।
त्रिशुलको भित्री भागमा फलाम र बाहिरी भागमा तामाको धातुले निर्माण गरिने साथै त्रिशुलको तल्लो भागमा करिब १ सय ५० जनासम्म अट्न सक्ने ध्यान केन्द्र समेत निर्माण हुने भनी आयोजक बताएको छ ।
Discussion about this post