झापा- २४ मंसिर, झापा दमकको एक निजी विद्यालयका शिक्षकले कक्षा ७ मा अध्यनरत एक विद्यार्थीलाई बलात्कार गरेको रहस्य बाहिर आएको छ।
उक्त विद्यार्थीको पेटमा ६ हप्ताको बच्चा पनि रहेको जनाइएको छ । १४ बर्षिया ती बालिका अहिले परिवार सँगै रहेकी छन् ।
ती शिक्षक भारतीय भएको र उनी भारत भागेको हुने सक्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितका अनुसार जाहेरी ढिला आएको र ती शिक्षक जाहेरी आउनु अघि नै भागेर भारत पुगेको हुन सक्ने बताएका छन् ।थप अनुसन्धान जारिरहेकाे समेत डिएसपी पण्डितले बताएका छन्
Discussion about this post