मङ्सिर २५, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा १ जना, खोटाङमा १ जना, झापामा ४८ जना, ताप्लेजुङमा ५ जना, धनकुटामा २ जना, सुनसरीमा ६६ जना, मोरङमा ६७ जना, सङ्खुवासभा २ जना, उदयपुरमा ३ जना र पाँचथरमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण देखिएको र १०६४ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको भनी मन्त्रालयले जनाएको छ ।
Discussion about this post