मङ्सिर २५, याङ्वरकफोकस / नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनको राजीनामा एन्फाले स्वीकृत गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्य समिति बैठकले प्रशिक्षक कालिनको राजीनामा स्वीकृत गरेको हो ।
सन् २०१९ को मार्च देखि नेपाली राष्ट्रिय फुटबल टोलीको नेतृत्व गरेका कालिनले नोभेम्बर १ मा एन्फालाई राजीनामा पत्र बुझाएका थिए ।
कालिनको दुई वर्षे कार्यकालमा नेपालले केही मैत्रिपुर्ण फुटबल खेलेको थियो र फिफा विश्वकप छनोट २०२२ अन्तर्गत ५ खेल खेलेको थियो । जसमा नेपालले १ खेल जित्न सफल भयो भने ४ खेल हारेको थियो ।
कालिनको राजीनामा स्वीकृत पश्चात एन्फाले बाल गोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
Discussion about this post