मङ्सिर २६, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा १ जना, ओखलढुंगामा २ जना, खोटाङमा १ जना, झापामा २४ जना, धनकुटामा ३ जना, सुनसरीमा १७ जना, मोरङमा ३७ जना, सङ्खुवासभामा ३ जना र उदयपुरमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा १०४४ जनामा कोरोना संक्रमण देखिएको र १२७१ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post