मङ्सिर २६, याङ्वरकफोकस / राष्ट्रिय नेपाली क्रिकेट टोलीका सदस्य तथा पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ । खड्काले आज ट्विटर मार्फत कोरोना रिपोर्ट पोजेटिभ आएको भनी बताएका हुन् ।
खड्काले सामान्य लक्षण देखिएपछि बिहीबार पिसिआर परिक्षण गरेको र शुक्रबार रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन्।
खड्का दुई दिनदेखि होम आइसोलेसनमा रहेको र केही दिनपछि सुरु हुने गौतम बुद्ध कप क्रिकेट खेल्न नसक्ने जानकारी दिएका छन् ।
Discussion about this post