मङ्सिर २६, याङ्वरकफोकस / सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज साँझ भेटवार्ता भएको स्रोतले जनाएको हो ।
स्रोतका अनुसार आइतबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठकको तयारीका बारेमा प्रधानमन्त्री ओलि र सभापति देउवाको अनौपचारिक छलफल भएको थियो ।
आइतबार बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लामो समयदेखि रिक्त संवैधानिक निकायहरूका अध्यक्ष तथा सदस्यको नियुक्तिका सन्दर्भमा संवैधानिक परिषदको बैठक बस्ने भएको छ ।
बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहनेछन् ।
Discussion about this post