मङ्सिर २७, याङ्वरकफोकस / बन्द रहेको सिन्धुपाल्चोक स्थित भोटेकोसी बञ्जी जम्प पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरसका कारण गत चैतदेखि बन्द रहेको उक्त बञ्जी जम्प पुनः सञ्चालनमा आएको हो ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ नौ महिना पछि सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्थापक कुमार राउतले बताएका हुन् ।
राउतका अनुसार अहिले दैनिक चारदेखि १५ जनासम्मले बञ्जी गर्ने बताए । बञ्जीका लागि स्वदेशीलाई रु छ हजार र विदेशीलाई नौ हजार २०० रुपैयाँ दस्तुर लाग्ने छ ।
१६० मिटरको उक्त बञ्जी जम्प रोमाञ्चक,
युवायुवती बढी आकर्षित हुने र प्रहरी अधिकृत तालीम समेत रहने र बञ्जीका साथै रोमाञ्चक सुइङ पनि सञ्चालनमा आएको राउतले जानकारी दिए ।
पहिले स्वदेशी र विदेशी गरि दैनिक १०० जनाको हाराहारीमा आउने गरेको तर अहिले भर्खरमात्र सञ्चालनमा आएकाले पर्यटकहरु पुनः आउने अपेक्षा गरिएको व्यवस्थापक राउतले बताए ।
Discussion about this post