मङ्सिर २८, याङ्वरकफोकस / फिफाले अन्तिम ३ को नामावली सार्वजनिक गरेको केहि समयपछि नेयमारले लगातार दुई ट्विट गर्दै घुमाउरो शैलीमा फिफाको आलोचना गरेका छन् । नेयमारको पहिलो ट्विट छ, ‘टेनिसले काम गर्न छाडेपछि म बास्केटबलमा खेल्न थालेको छु ।’ त्यसको ६ मिनेटपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डले अर्को ट्विट गरे । दोस्रोमा उनले लेखे, ‘मैले बास्केटबल पनि छाडें । अब म गेमर हुँ ।’
नेयमारले यसअघि नै आफ्ना पूर्व सहकर्मी थिएगो सिल्भासँग द इन्टरनेसनल फेडेरेसन अफ फुटबल एन्ड स्टाटिस (आइएफएफएचएस) को उत्कृष्ट ११ को घोषणमा ठट्टा गरेका थिए । त्यसमा पनि नेयमार समावेश थिएनन् । त्यति बेला थिएगोले लेखेका थिए, ‘नेयमार एनबिएको बन्द प्रशिक्षणमा थिए ।’ त्यसमा नेयमारको जवाफ थियो, ‘मलाई उनीहरुले भर्ती गरे ।’
यसैबीच, नेयमारका पिताले इन्स्टाग्राममा उनको समर्थनमा लेखेका छन् । फिफाले अन्तिम ३ को नाम सार्वजनिक गरेपछि नेयमारका पिताले लेखे, ‘तिमी हाम्रो लागि सधैं उत्कृष्ट प्रतियोगिता, क्लब र उत्कृष्ट खेलाडीको रुपमा रहनेछौं भनी यस समाचार हाम्रो खेलकुद डटकममा प्रकाशित छ ।
Discussion about this post