Yangwarak Focus
No Result
View All Result
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री ओलि भारत भ्रमण जाने तयारी गर्दै

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२८ मंसिर २०७७, आईतवार ००:५५
मुख्य खबर, राजनीति
प्रधानमन्त्री ओलिको भाषणमा मात्र देश विकास
0
SHARES
0
पटक हेरिएको
Share on FacebookShare on Twitter

मङ्सिर २८, याङ्वरकफोकस / प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने चर्चा शुरु भएको छ । पछिल्लो पटक भारतबाट उच्चस्तरीय भ्रमण हुँदै गर्दा ओली पनि पछिल्लो समय दुई देशबीचको समस्या समाधानका लागि भारत भ्रमणमा जान चाहेको उच्च स्रोतले जनाएको छ । यसका लागि भित्रभित्रै छलफल सुरु भएको स्रोतको दावी छ ।

नेपाल–भारतको बीचमा देखिएको सीमा समस्याको बारेमा राजनीतिक रुपमा समाधान गर्ने पहल शुरु भएको छ । लिपुलेक, कालापानी, लिम्पियाधुरालाई लिएर नेपाल–भारतबीच विवाद रहेको छ । शुरुमा त्यो क्षेत्र समेटेर भारतले नक्सा बनायो भने पछि नेपालले पनि आफ्नो भूभाग भन्दै सो क्षेत्रलाई समेटेर नक्सा सार्वजनिक गर्यो । नयाँ नक्सा सार्वजनिक गरेर नेपालले संविधान संशोधन पनि गर्यो । सोही प्रकरणमा नेपाल र भारतबीच दुरी बढेपनि पछिल्लो पटक समस्या समाधानका लागि पहल भइरहेको अवस्थामा प्रधानमन्त्रीकै भारत भ्रमणको चर्चा सुरु भएको हो । प्रधानमन्त्री ओली यसअघि दोस्रो पटक प्रधानमन्त्री भएसँगै २०७४ चैतमा भारत भ्रमणमा गएका थिए ।

भारतकोतर्फबाट भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध सुधारको तर्फ गएको विश्वास गरिएको छ ।  ‘सीमा विवाद समाधानका लागि दुवै देश गम्भीर भएका छन्, त्यसैका लागि भारतकोतर्फबाट उच्चस्तरीय भ्रमणहरु भइरहेका छन्’, स्रोतले भन्यो, ‘सम्बन्धलाई अझै सुधार गर्न प्रधानमन्त्री अ‍ोलीले पनि भारत भ्रमण गर्न चासो देखाएका छन् ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गरेर फर्किएपछि प्रधानमन्त्री ओलीको भ्रमण हुनसक्ने बताइएको छ । मन्त्री ज्ञवालीको भारत भ्रमणमा जाने तयारी भइरहेको छ । नेपाल–भारतबीच विभिन्न तहमा छलफल भइरहेको र त्यो छलफल सकिएपछि मन्त्री ज्ञवालीको भारत भ्रमण हुने बताइएको छ ।

सीमा विवादलगत्तै नेपालले पटक पटक समस्या समाधानका भारतसँग आग्रह गर्यो । त्यसका लागि पहल पनि गर्यो । तीन पटक पत्र नै पठायो । तर भारत सरकारको तर्फबाट कुनै रेसपोन्स नै आएन ।

यहीबीचमा भारतीय गणतन्त्र दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीको टेलिफोन संवाद भएपछि छलफलको प्रक्रिया सुरु भएको थियो ।

त्यसको केही महिनापछि भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री ओलीसहित केही नेतालाई भेटेर फकिए भने भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा आएका थिए ।

उनी नेपाल आएर राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री ओलीलगायतका व्यक्तित्वसँग भेटेर फर्केपछि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंला आए । उनी पनि प्रधानमन्त्री ओलीसहित केही शीर्ष व्यक्तित्वलाई भेटेर फर्केका थिए ।

उनी फर्केर गएरपछि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवा  नेपाल आएर सत्तारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुलाई भेटेर फर्किसकेका छन् ।
उनी बिहीवार नेपाल भ्रमणमा आएका थिए भने शनिबार बिहान स्थलमार्थ हुँदै भारत फर्किसकेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निमन्त्रणमा नेपाल आएका उनले पहिलो दिन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, नेकपाका स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेटेका थिए ।  भोलिपल्ट नेकपा स्थायी कमिटी सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, महासचिव विष्णु पौडेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेसका महामन्त्री शंशाक कोइराला, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई भेटेका थिए ।

भाजपा र नेकपाबीच राजनीतिक सम्बन्ध बढाउने कुराकानी पनि भएको छ । दुई पार्टीबीच सम्बन्ध बढाउनका लागि पार्टी–पार्टीको बीचमा उच्चस्तरीय भ्रमण हुने सहमति पनि भएको छ । रासस

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२८ मंसिर २०७७, आईतवार ००:५५
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२८ मंसिर २०७७, आईतवार ००:५५
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२८ मंसिर २०७७, आईतवार ००:५५
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२८ मंसिर २०७७, आईतवार ००:५५
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२८ मंसिर २०७७, आईतवार ००:५५
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

२८ मंसिर २०७७, आईतवार ००:५५

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • nimabi on Finding the Best Men Trying to find Women Websites
  • nimabi on हँसिया प्रहार गरी श्रीमतीको हत्या
  • nimabi on The right way to Court Oriental Woman — 5 Here are some tips to assure You Find an Asian Partner
  • nimabi on हिमपातका कारण ताप्लेजुङको उच्च भेगमा जनजीवन कष्टकर
  • nimabi on पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.