मंसिर-२८, डेस्क । तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ मा पोखरीमा डुबेर ३ जना बालिकाहरूको ज्यान गएको छ ।
शनिवार दिउसो पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय कोपिला लिम्बुकी ६ वर्षीया र ७ वर्षीया दुई छोरी र देवेन्द्र लिम्बुको ८ वर्षीय छोरीको ज्यान गएको हो । दिउसो पौडी खेल्न भनी हिँडेका बालिकाहरू बेलुकी अबेर सम्म घर नफर्किए पछि खोज्ने क्रममा पोखरीमा डुबेको अवस्थामा फेला परेको अभिभावकहरूको भनाई उद्धृत गर्दै स्थानीयले बताएका छन् ।
Discussion about this post