Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

संघीय लेखक मन्च प्रबास मलेसियाको आयोजनामा कविता प्रतियोगिता हुने, प्रथम पुरस्कार एक लाख एक सय एक रुपियाँ

याङ्वरक फोकस याङ्वरक फोकस
२८ मंसिर २०७७, आईतवार १०:५२
Uncategorized, कला/साहित्य
संघीय लेखक मन्च प्रबास मलेसियाको आयोजनामा कविता प्रतियोगिता हुने, प्रथम पुरस्कार एक लाख एक सय एक रुपियाँ

-मोहन माबो /याङ्वरक फोकस

मंसिर २८/ संघिय लेखक मञ्च प्रवास मलेसियाको आायोजनामा अस्तित्व र पहिचानको निम्ति मुल नाराको साथ साहित्यमा कलम चलाउने नयाँ प्रतिभा हरुको खोजिको लागि विश्वव्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता २०२०/२०२१ आयोजना हुने भएको छ।

संघिय गणतन्त्र नेपाल संस्थागत गराउन र स्वासतता ,सहअस्तित्व र पहिचान सम्बन्धि कवितालाई प्राथमिकता दिएर यसपटक विश्वव्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता आयोजना गर्न लागिएको संघिय लेखक मञ्च प्रवास समिति मलेसिया का अध्यक्ष तथा कार्यक्रम संचालन समिति का अध्यक्ष जनम लिङ्दम हाङ्साले बताएकाछ्न ।

अध्यक्ष हाङ्साको अनुसार सो प्रतियोगितामा अग्रिम कृति प्रकाशन गरिसकेका सर्जकहरुलाई सहभागिको रुपमा मात्र सम्मान गर्दै सहभागिता गराईने र नव प्रतिभा हरुलाइ प्रतियोगि को रुपमा बिशेष प्राथमिकता दिइने कार्यक्रम संचालन समितिले जनाएको छ ।
उक्त प्रतियोगितामा सहभागी मध्येको विजेता हरुलाइ प्रदान गरिने पुरस्कारको राशि निम्न बमोजिमको रहनेछ ।
प्रथम पुरस्कार =नगद १लाख १सय १
दोश्रो पुरस्कार = ५०हजार १सय १
तेश्रो पुरस्कार =२५हजार १सय १
र सान्त्वना हुनेलाइ १०हजार १सय १प्रदान गरिन्ने अध्यक्ष जनम लिङदम हाङसाले जानकारी दिएकाछ्न ।

उत्त विश्वव्यापी अनलाइन प्रतियोगिता २०२०/२०२१ को सल्लाहकारहरुमा मधुराज केरुङ केवाफुङ, साङसेन पन्धाक, सागर केरुङ, पुस्पहाङ लोवा लोरिङदेन, इक्साहाङ चेम्जोङ रहेकाछन।
यसरिनै प्रतियोगिताको संरक्षक मा केजी सुब्बा , सीता तुमखेवा, सुजन सिरेङ चोङवाङ, रचना लावति, अन्छुमे नसान,  सुमन सहयात्री योङहाङ, सीता पिरति, थाकुहाङ मेरिङ सङबाङफे, सन्देश सुब्बा सेन्लप, मञ्जु थेगिम र सुकेलिया खाम्सा रहेका छन ।

प्रतियोगिताको नियम र कार्य समिती यस प्रकार रहेकोछ।

अस्तित्व र पहिचानको निम्ति साहित्यमा कलम चलाउने नयाँ प्रतिभा खोजीको लागि एक कदम विश्वब्यापी खुल्ला अन्लाईन कविता प्रतियोगिता २०२०/२०२१

प्रतियोगिताका केहि नियम र मापदण्ड
१, ‘कविता गद्य वा पद्यको सिद्धान्तमा रहि कम्तीमा १५० देखि बढीमा २०० शब्दमा देवनागरीमा हुनुपर्ने छ ।

२, कवितामा भाषा ,भूगोल, जातीय अस्तित्व र पहिचानको भाव भएको हुनुपर्ने छ ।

३, कविता प्रकाशन भइसकेको जानकारी भएमा प्रतियोगिताको लागि मुल्यांकन गरिने छैन, नयाँ प्रतिभालाई प्राथमिकता दिइने छ।

४, कवितामा ‘शृङ्गारिक कविता’ कवितालाई प्राथमिकता दिइने छैन । कविता बाचन गर्दा क्यामरा वा मोबाइलले खिच्न सकिनेछ । र भिडियो खिच्दा तेर्सो अथवा सिधा बनाएर खिच्नु पर्नेछ।

५, कविता सम्प्रेषण गर्दा श्रब्यदृश्य (भिडियो)र लिखित दुबैमा र नाम ठेगाना स्पष्ट पूरा हुनु पर्नेछ ।

६,कविताको छनोट प्रक्रिया उत्कृष्ट ५० सर्बोकृष्ट २० विशिष्ट १० तीन चरण हुने, विशिस्ट १० बाट बिजेता उपबिजेता घोषणा गरिनेछ।प्रत्येक चरणमा नयाँ कविता समाबेश हुनु पर्नेछ ।

७,कविताको मुल्यांकन ७०% निर्णायकको आधारमा र ३०% आधिकारिक पेजमा पोष्ट भएको भिडियोमा आएको रियाक्टको आधारमा गरिनेछ। तर “संघीय लेखक मञ्च प्रबास मलेसिया” पेजलाई अनिवार्य लाईक र फलो गरेको हुनुपर्नेछ। अटो लाईक सेयर कमेन्ट र भ्युजलाई मान्यता दिईने छैन।

८, कविता आधिकारिक “संघिय लेखक मञ्च प्रवास मलेसिया” पेजबाट प्रत्येक प्रतियोगीहरुको भिडियो अप्लोड भएको ३० दिन सम्म मात्र मुल्यांकन को अवधी रहनेछ।

९.कविता सम्प्रेषण गर्ने ठेगाना :-
दिल कु. तुम्रोक
फोन न. + ६०११२८३४९३३७
महेन्द्र पोखरेल
फोन न. + ६०११६१३८९८३०
[email protected]
१०.कविता सम्प्रेषण गर्ने मिति २०२१/०१/०१देखि २०२१/०१/३०सम्ममा आधिकारिक ठेगानामा पठाउनु पर्नेछ ।
पुरुस्कारहरु:-

प्रथम पुरुस्कार:- १,००१०१।-( एक लाख एक सय एक रुपैयाँ मात्र ) र प्रमाणपत्र
दित्तिय पुरुस्कार:- ५०,१०१।- र (पचास हजार एक सय एक रुपैयाँ मात्र)प्रमाणपत्र
तृतीय पुरुस्कार:- २५,१०१।- (पच्चीस हजार हजार एक सय एक रुपैयाँ मात्र )र प्रमाणपत्र
सान्त्वना पुरुस्कार :- १०,१०१।-(दस हजार एक सय एक रुपैयाँ मात्र) र प्रमाणपत्र ।

संघिय लेखक मन्च प्रबास मलेसिया कार्य समिती

 

सम्बन्धित खबरहरु

Report on Mullvad VPN

२८ मंसिर २०७७, आईतवार १०:५२

Ostdeutsche Biersorten

२८ मंसिर २०७७, आईतवार १०:५२

How to pick the Best Data Room Application Developers

२८ मंसिर २०७७, आईतवार १०:५२

Modern Technologies and BBQ

२८ मंसिर २०७७, आईतवार १०:५२

The Benefits of a Data Sharing Tool

२८ मंसिर २०७७, आईतवार १०:५२

Choosing a Virtual Data Room Provider

२८ मंसिर २०७७, आईतवार १०:५२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.