काठमाण्डाै- मंसिर २८, बिगतमा दर्शकले अत्यधिक रुचाएको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ ले करिब ९ महिनाको अन्तरालपछि पुनरागमन गरेको छ । विगतमा नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेको यो टेलिश्रृंखला बिहिबारबाट भने हिमालय टेलिभिजनमा नयाँ सिजन सुरु गरेकाे हो ।
`सक्किगोनी’को याे प्रस्तुतिमा नयाँपन ल्याउने कोशिष गरिएको छ । पहिलो एपिसोड हेर्दा मेकिङमा मिहिनेत र खर्च बढाइएको देखिन्छ । तर, ‘सक्किगोनी’को मौलिक स्वाद भने यो एपिसोडमा दर्शकले मिस गरिरहेका छन् । यसमा हाँसो सिर्जना गर्ने सिक्वेन्सहरु कम छन् । ‘सक्किगोनी’को मौलिक स्वाद भने यो एपिसोडमा दर्शकले खासै चाख्न पाएनन्। कलाकारले भने सक्दो प्रयास गरेको देखिन्छ ।
‘सक्किगोनी’को यो सिजनमा मुख्य कलाकारमध्येकी रक्षा श्रेष्ठ अनुपस्थित छिन् । सन्तानको प्रतिक्षामा भएकाले उनले यो टेलिश्रृंखलामा समय दिन नसक्ने भएकी हुन् ।दर्शकले रुचाएका सिते बा, खुपीका बाउ, मुन्नी लगायतका पात्र पनि सिजन २ काे पहिलाे एपिसोडमा देखिएका छैनन् ।
रक्षाको अनुपस्थितिलाई ‘कन्भिन्सीङ’ बनाउने चेष्टाका साथ पहिलो एपिसोडको कथा बुनिएको छ। याे भागमा केही कलाकारको ड्रेसअप फेरिएको छ । ब्याकग्राउन्ड साउन्डमा पनि परिमार्जन गरिएको छ । आगामी एपिसोडहरुमा दर्शकले यसको पुरानै फ्लेबर पाउनुपर्छ भन्ने प्रतिकृया सामाजिक सञ्जाल र `सक्किगाेनि´ सिरियलकाे युट्युब कमेण्टमा प्रसस्त देख्न सकिन्छ।
बहुप्रतिक्षित भएकाले पहिलो एपिसोडको भ्यूज सोचेबमोजिम आक्रामक छ । दर्शकहरुले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । अहिलेसम्म करिब १८ लाख भ्यूज बटुल्दा ८ हजारभन्दा बढि प्रतिक्रिया आइसकेका छन् । हाल नेपालमा यो सिरियल युटुबको ट्रेन्डिङको नम्बर २ स्थानमा छ।
Discussion about this post