मङ्सिर २८, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा २ जना, झापामा २० जना, ताप्लेजुङमा २ जना, पाँचथरमा १ जना, तेह्रथुममा ३ जना, धनकुटामा १ जना, भोजपुरमा २ जना, सुनसरीमा १० जना, मोरङमा ३८ जना, सङ्खुवासभा २ जना र सोलुखुम्बुमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना संक्रमण देखिएको र १५०० जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post